गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान
गण्डकी। गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि सुरु हुने भएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आज अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ।
यही जेठ ११ गते सोमबार अपराह्न २ः०० बजेदेखि प्रदेशसभा भवन पोखरामा अधिवेशन आरम्भ हुने सचिवालयद्वारा आज जारी सूचनामा उल्लेख गरिएको छ। बर्खे अधिवेशनका रूपमा समेत लिइने बजेट अधिवेशनमा प्रदेश सरकारको आगामी आव २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत हुने जनाइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment