सुनचाँदीको मूल्यमा गिरावट: सुन तोलामा ३ हजार ३०० र चाँदी १२५ रुपैयाँले सस्तियो
काठमाडौं। स्थानीय बजारमा आज पहेँलो धातु (सुन) र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले ओरालो लागेको हो।
मंगलबार ऐतिहासिक उचाइ कायम गर्दै प्रतितोला २ लाख ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आजका लागि भने प्रतितोला २ लाख ९२ हजार रुपैयाँ निर्धारण गरिएको छ।
सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोलामा १२५ रुपैयाँले घटेको हो। मंगलबार प्रतितोला ५ हजार ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बुधबारका लागि भने प्रतितोला ४ हजार ९६० रुपैयाँ तोकिएको छ। अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावका कारण स्थानीय बजारमा पनि मूल्य समायोजन भएको महासङ्घले जनाएको छ।







डिसी नेपाल







Facebook Comment