बाजुरा सीमा विवाद : चार घाइतेको हेलिकप्टरमार्फत उद्धार

डिसी नेपाल
६ जेठ २०८३ १५:४९

बाजुरा। हिमाली गाउँपालिकाको रानीसैनमा सीमा विवाद हुँदा हुम्लाका स्थानीयको आक्रमणबाट घाइते भएका चार जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

हिमाली गाउँपालिका–३ लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माण भइरहेको बेला हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीका बासिन्दाले आक्रमण गरेका थिए। सो आक्रमणबाट ६ जना घाइते भएका थिए।

आक्रमणमा परी हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडा नम्बर ३ का वडासदस्य पेमा गारा गुरुङ, उहाँकी श्रीमती लक्ष्मी गुरुङ, स्थानीय मीनु कुँवर र नरबहादुर गुरुङ तथा प्रहरी चौकी विच्छ्यामा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए।

घाइते भएकामध्ये चार जनालाई हेलिकप्टरमार्फत कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल लगिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले राससलाई बताउनुभयो। उहाँका अनुसार गाउँपालिकाले नै खर्च व्यहोर्ने गरी निजी कम्पनीको हेलिकप्टरमार्फत घाइतेको उद्धार गरिएको हो।

आक्रमणमा परी घाइते भएका वडा नम्बर ३ का वडा सदस्य पेमा गारा गुरुङ, उहाँकी श्रीमती लक्ष्मी गुरुङ, स्थानीय मीनु कुँवर र नरबहादुर गुरुङलाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो। यसअघि यही जेठ ३ गते उक्त पनि दुवै पक्षबीच विवाद भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *