कान्सको ७९औं श्रृङखलामा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल फ्रान्समा
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले, फ्रान्सको कान्स नगरका मेयर डेभिड लिसनार्डलाई काठमाडौं चलचित्र महोत्सवमा सहभागी हुन निमन्त्रणा दिएकी छन्।
मेयर डेभिडको निमन्त्रणामा ७९औं कान्स फिल्म फेस्टिभलमा सहभागी हुन कान्स पुगेकी कार्यवाहक प्रमुख डंगोललाई मेयर डेभिडले सिटी हलमा स्वागत गरेका थिए।
नेवार समुदायका महिलाहरूको परम्परागत पोशाक हाकुपटासी लगाएर काठमाडौंको पहिचान लिएर उनी कार्यक्रममा सहभागी भएकी थिइन्।
डेभिडको स्वागतपछि चलचित्र विधाका रचनात्मक सहरले सञ्चालन गरिरहेका कार्यक्रम र आगामी योजनाका विषयमा कुराकानी गर्दै कार्यवाहक प्रमुख डंगोलले मेयर डेभिडलाई काठमाडौं चलचित्र महोत्सवमा सहभागी हुन निमन्त्रणा गरेकी हुन्।
त्यस क्रममा मेयर डेभिडले, काठमाडौं फिल्म फेस्टिभलको सफलताका लागि सहयोग गर्न आफू तयार रहेको बताएका थिए।
कुराकानीका क्रममा चलचित्रबाट गीत, संगीत, साहित्य, फेसन, खाना जस्ता कला, शैली र शिल्पलाई उद्योगका रुपमा विकास गर्दाका अनुभव कार्यक्रममा स्थानीय समुदाय, शिक्षा तथा प्राज्ञिक क्षेत्र, पेशाकर्मीको सहभागिता, आपसी सिप र हितका विषय समेटिएका थिए।
त्यस क्रममा मोरक्कोको दक्षिण केन्द्रमा रहेको नगर ओउरजाजातेका मेयर सैद अफ्रोख पनि सहभागी थिए। कान्स र काठमाडौं दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी’को चलचित्र विधाका सदस्य नगर हुन्।







डिसी नेपाल







Facebook Comment