नेपाली कांग्रेसको निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत (सूचीसहित)

डिसी नेपाल
६ जेठ २०८३ २०:२७

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेका छन्।

आउँदो स्थानीय र प्रदेश सभा निर्वाचनलाई केन्द्रित गरेर कांग्रेसले उपसभापति पुष्पा भुसालको नेतृत्वमा निर्वाचन ब्युरो गठन गरेको थियो।

मनोनीत भएका सदस्यमा जीवन परियार (कास्की), अब्दुल सत्तार (गोरखा), नानु बास्तोला (काठमाडौं), सन्दीप राना (पाल्पा), वंशलाल तामाङ (सिन्धुपाल्चोक), प्रकाश तिवारी (स्याङ्जा), महेश ढुङ्गेल (काठमाडौं), दीपक महतो (सर्लाही) र हरि पोखरेल (झापा) रहेका छन्।

त्यस्तै, सुदर्शन आचार्य (सिन्धुपाल्चोक), रोहित पौडेल (काठमाडौं), डा. भुमीराज चापागाईं (नवलपुर), सिद्धार्थ थापा (धनकुटा), नवराज त्रिपाठी (बारा), तेज बिनोद पौडेल (स्याङ्जा), जगनाथ लामिछाने (काठमाडौं) र मिलनराज बर्तौला (काठमाडौं)लाई पनि सदस्यमा मनोनीत गरिएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *