भरूवा बन्दुकसहित दुई जना पक्राउ
xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605
काठमाडौं। बर्दघाट नगरपालिका-४ मर्चाघोलास्थित पारिजात सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक एक थान, छर्रा र बारूदसहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ शिवशक्ति टोल बस्ने ४३ वर्षीय बिजय पौडेल र सोही नगरपालिका-२ चिसापानी बस्ने ५० वर्षीय बखत राना रहेका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम र इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियार सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment