बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

डिसी नेपाल
७ जेठ २०८३ १९:०३

भक्तपुर। भक्तपुर नगरपालिका-६ व्यासीस्थित सडकमा कालिघाटबाट व्यासीतर्फ आउँदै गरेको बा.प्र.०१-००४ क ०७०१ नम्बरको बसको ठक्करबाट पैदलयात्री भक्तपुर कालिघाट बस्ने उदयपुर घर भएका टंक विकको छोरा ७ वर्षीय रोमन विकको बिहीबार दिउँसो मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *