दुई जनाको शव फेला
काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ।
चितवनको इच्छाकामना गाउँपालिका-६ कालीखोलास्थित पन्थ देवी मन्दिर नजिक त्रिशुली नदी किनारमा पहिचान नखुलेका २५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन्।
बाँकेको जानकी गाउँपालिका-३ इन्द्रपुरस्थित खेतमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment