ताप्लेजुङ पूर्ण खोप सुनिश्चित घोषणा

डिसी नेपाल
७ जेठ २०८३ २२:४९

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरी कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूको उपस्थितिमा जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।

नौ स्थानीय तह रहेका जिल्लाका प्रत्येक वडा र स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका भएसँगै ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जन्मेदेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाएकाले ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

जिल्लाका जन्मेदेखि ११ महिनासम्मका एक हजार १२२ जना, १२ महिनादेखि १५ महिनासम्मका ४७५ जना, १६ महिनादेखि २३ महिनासम्मका ९४३ जना र २४ देखि ५९ महिनासम्मका चार हजार २४६ बालबालिकालाई खोप दिइएको स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख सुमन तिवारीले बताए । उनले महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *