स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन अर्थ मन्त्रालयलाई संसदीय समितिको निर्देशन

डिसी नेपाल
९ जेठ २०८३ ७:३४

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले नेपाली उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न र विद्यमान कर तथा भन्सार महसुलको पुनरावलोकन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने भएको छ।

समितिका सभापति रहबर अन्सारीले नेपाली उद्योगहरूले लामो समयदेखि आफ्नो प्रतिस्पर्धात्मक क्षमता घट्दै गएको गुनासो गरिरहेको सन्दर्भमा समितिले गम्भीरतापूर्वक ध्यान दिएको बताए। उनका अनुसार कच्चा पदार्थ आयात गर्दा लाग्ने उच्च कर र भन्सार महसुलका कारण नेपालमै उत्पादित वस्तुहरूको लागत महँगो हुन गई आयातित वस्तुहरूसँग प्रतिस्पर्धा गर्न कठिन भइरहेको छ।

उद्योगीहरूको यसै गुनासो र समस्यालाई सम्बोधन गर्न समितिले उद्योग मन्त्रीको उपस्थितिमा अर्थ मन्त्रालयका राजस्व सचिव, भन्सार विभागका महानिर्देशक र उद्योग सचिवसहित सम्बन्धित उद्योगी, प्रतिनिधि तथा माननीय सदस्यहरूको सहभागितामा छलफल भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *