नयाँ संसद् भवनमा बजेट भाषण गर्ने योजना रोकियो, पुरानै हलबाट भोलि बजेट आउने

डिसी नेपाल
१४ जेठ २०८३ १४:३८

काठमाडौं। आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सार्वजनिक हुँदैछ।

सरकारले यस वर्षको बजेट भाषण नयाँ संसद् भवनको हलबाट गर्ने विशेष तयारी गरेको भए पनि प्राविधिक कारणले उक्त योजना अन्तिम समयमा स्थगित भएको छ।

नयाँ हलमा ध्वनि (साउन्ड सिस्टम), सूचना प्रविधि र अन्य आवश्यक प्राविधिक व्यवस्थापनका कामहरू समयमै पूरा हुन नसकेकाले त्यहाँबाट बजेट प्रस्तुत गर्न सम्भव नभएको संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए।

प्राविधिक तयारी अपूर्ण रहेका कारण भोलिको संयुक्त बैठक नयाँ हलमा सार्न नसकिएपछि अब बजेट भाषण हाल प्रतिनिधिसभा बैठक सञ्चालन भइरहेको पुरानै हलबाट हुने प्रवक्ता गिरीले प्रष्ट पारे।。

संवैधानिक व्यवस्थाअनुसार प्रत्येक वर्षको जेठ १५ गते आगामी आर्थिक वर्षको वार्षिक बजेट संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुपर्ने प्रावधान रहेको छ। सोही बमोजिम भोलि अपराह्न पुरानै हलमा संसद्का दुवै सदनको संयुक्त बैठक बस्ने र बजेट सार्वजनिक गरिने तयारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *