सुनको मूल्यमा ब्रेक, चाँदीको मूल्यमा भने गिरावट
काठमाडौं। विगत केही दिनदेखि निरन्तर उतारचढाव भइरहेको सुनको मूल्य आज भने स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रति तोला रु तीन लाख ११ हजार ३०० कायम भएको छ। यसअघि मंगलबार पनि सुन यही मूल्यमा खरिदबिक्री भएको थियो।
सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा भने केही गिरावट आएको छ। आज एक तोला चाँदीको मूल्य रु पाँच हजार ३७० तोकिएको छ। हिजो मंगलबार प्रति तोला पाँच हजार ४०५ मा कारोबार भएको चाँदीको मूल्यमा आज सामान्य गिरावट आएको हो।
यसैगरी, अन्तरराष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्यमा नयाँ फेरबदल देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा प्रति औँस सुन चार हजार ४८७ अमेरिकी डलर र प्रति औँस चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment