पाँचदिने भारत भ्रमण सकेर रास्वपा सभापति लामिछाने स्वदेश फर्किंदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण सम्पन्न गरी नयाँ दिल्लीबाट नेपाल प्रस्थान गरेका छन्।
लामिछानेले भारत भ्रमणका क्रममा विभिन्न राजनीतिक, कूटनीतिक तथा नेपाली समुदायका प्रतिनिधिहरूसँग भेटघाट तथा छलफल गरेका थिए। भ्रमणका दौरान उनले नेपाल–भारत सम्बन्ध, लोकतान्त्रिक अभ्यास, क्षेत्रीय सहकार्य तथा नेपाली समुदायका चासोका विषयमा विचार आदानप्रदान गरेका थिए।
नयाँ दिल्लीमा आयोजित विभिन्न कार्यक्रम तथा भेटवार्तापछि लामिछाने शुक्रबार नेपालका लागि प्रस्थान गरेका हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment