रास्वपा नुवाकोट सभापतिमा राजुप्रसाद लामिछानेको उम्मेदवारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)नुवाकोटको सभापति पदका लागि राजुप्रसाद लामिछानेले उम्मेदवारी घोषणा गरेका छन्।
यही जेठ २३ गते हुन गइरहेको प्रथम जिल्ला अधिवेशनमा बेलकोटगढी नगरपालिका वडा नम्बर ७ निवासी लामिछानेले पार्टी संगठनलाई थप मजबुत बनाउने एजेन्डासहित नेतृत्वमा दाबी गरेका हुन्।
विगत २२ वर्षभन्दा लामो समयदेखि कपडा व्यवसायमा आवद्ध लामिछाने हाल रास्वपा नुवाकोटको जिल्ला सचिवालय सदस्यका रूपमा कार्यरत छन्। पछिल्लो केही वर्षयता पार्टीमा निरन्तर सक्रिय रहँदै आएका उनी सरल, मृदुभाषी र मिजासिलो स्वभावका कारण कार्यकर्तामाझ लोकप्रिय छन्, भने लामिछानेले संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।
नुवाकोटमा रास्वपालाई जगैदेखि स्थापित गर्न र संगठनलाई तल्लो तहसम्म विस्तार गर्न लामिछानेले महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। उम्मेदवारी घोषणा गर्दै उनले भने, ‘पार्टीलाई जिल्लाभरिका धेरैभन्दा धेरै जनतामाझ पु¥याउन र संगठनलाई नयाँ उचाइमा लैजान मैले सभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको हुँ।’
साथै, लामिछानेले आगामी जेठ २३ गते हुने प्रथम जिल्ला अधिवेशनलाई सभ्य, भव्य र सुसंस्कृत रूपमा सम्पन्न गर्नका लागि पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई हार्दिक आग्रह समेत गरेका छन्







डिसी नेपाल







Facebook Comment