कालिगण्डकी करिडोरमा क्रेन दुर्घटना: चालकसहित छ जना घाइते
नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका-४ रानीतालस्थित कालिगण्डकी करिडोर सडकखण्डमा गए राति एउटा क्रेन दुर्घटना हुँदा छ जना घाइते भएका छन्।
ढोडेनीबाट गैँडाकोटतर्फ आउँदै गरेको लु१क ४४३७ नम्बरको क्रेन ओरालो सडकमा अचानक ब्रेक फेल भई सडकको बायाँ किनाराको भित्तामा ठोक्किएर दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार दुर्घटनामा क्रेन चालक पाल्पाको तानसेन नगरपालिका घर भई हाल मध्यविन्दु नगरपालिका-११ बस्ने २५ वर्षीय निरज अस्रामी मगर घाइते भएका छन्।
क्रेनमा सवार अन्य यात्रुहरू मध्यविन्दु-११ का ६० वर्षीय दिलबहादुर कुमाल, २७ वर्षीय निर्मल दराई, ५२ वर्षीय पूर्णप्रसाद दराई, ५३ वर्षीय अर्जुनबहादुर दराई र ५० वर्षीय अमर दराई पनि दुर्घटनामा परेर घाइते भएका छन्।
दुर्घटनालगत्तै उद्धार गरिएका सबै घाइतेहरूलाई थप उपचारका लागि चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेज (सीएमसी) पठाइएको प्रहरीले जनाएको छ।
तीव्र ओरालोमा ब्रेक फेल भएका कारण सन्तुलन गुमाउँदा क्रेनमा आंशिक क्षति पुगेको छ। दुर्घटनाग्रस्त सवारी साधन हाल घटनास्थलमै रहेको र दुर्घटनाको कारणबारे प्रहरीले थप विस्तृत अनुसन्धान गरिरहेको छ।







डिसी नेपाल







Facebook Comment