प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

डिसी नेपाल
२८ जेठ २०८३ ८:४३

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बिहीबार) बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहनेछ ।

बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले छलफलका क्रममा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ । अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

बैठकमा अर्थमन्त्री वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *