फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगन्जको सिर्सिया नदी करिडोर क्षेत्रमा सञ्चालित उद्योगलाई प्रशोधन नगरी फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन दिएको छ। मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै प्रदूषण नियन्त्रणमा लापरबाही गर्ने उद्योगमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ।
मन्त्रालयले उद्योगहरूलाई प्रचलित कानुन तथा वातावरणीय मापदण्डको पूर्ण पालना गर्न आग्रहसमेत गरेको छ। उद्योग दर्ता, क्षमता विस्तार तथा वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत गर्दा उद्योगहरूले अनिवार्य रूपमा फोहर पानी प्रशोधन प्रणाली जडान गरी सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ।
“यदि कुनै उद्योगले वातावरणीय मापदण्डको पालना नगरेको पाइएमा प्रचलित कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरिनेछ”, विज्ञप्तिमा उल्लेख छ।







डिसी नेपाल







Facebook Comment