चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह
काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्रालयले चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवाला निकायसँग आग्रह गरेको छ।
मन्त्रालयको कृषि आधुनिकीकरण कार्यक्रम, नेपाल चामल, तेल, दाल उत्पादन संघ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई लगायतलाई चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको हो।
चालु आर्थिक वर्ष २०८२।८३ का लागि मन्त्रिपरिषद्को बैठकले चैत्र २४ गते १८ प्रतिशतसम्म चिस्यान भएको चैते धान बालीको प्रति क्विन्टल २ हजार ८ सय ६६ रुपैयाँ ४१ पैसा न्यूनतम समर्थन मूल्य निर्धारण भएको छ। निर्धारण गरेको चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयनमा सहयोग गर्न सरोकारवाल निकायसँग आग्रह गरेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment