भोलि घटस्थापनाका दिन सार्बजनिक बिदा

डिसी नेपाल
११ असोज २०७६ ७:१३

पोखरा । गण्डकी प्रदेश सरकारले भोलि (आइतबार) घटस्थापनाका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

बिहीबारबसेको मन्त्रिपरिषद् बैठकले घटस्थापनामा बिदा दिने निर्णय गरेको हो।

यसअघि क्षत्री समाज नेपालले विजया दशमी हिन्दू धर्मावलम्बीको महान पर्व भएको भन्दै घटस्थापनाका दिन बिदा दिनुपर्ने मागसहित मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो।

बडा दशैँको पहिलो दिन घटस्थापना गरी विधिवत रुपमा जमरा राख्ने प्रचलन छ । नवदुर्गाको पहिलो दिन घटस्थापना गरी राखिएको जमरा दशमी वडा दशैँका दिन लगाईन्छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *