रास्वपा महाधिवेशन : दोस्रो दिन बन्द सत्र सुरु हुँदै

डिसी नेपाल
८ असार २०८३ ८:०४

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आज (सोमबार) पनि चितवनको भरतपुरमा जारी छ। आइतबारदेखि सुरु भएको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत आज दोस्रो दिन बन्द सत्र सुरु हुँदैछ।

पार्टी महामन्त्रीले सञ्चालन गर्ने आजको बन्द सत्रमा विधान संशोधन, विभिन्न महत्त्वपूर्ण प्रतिवेदन प्रस्तुति तथा पारित गर्ने र निर्वाचन समितिलाई सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गर्नेसम्मका कार्यक्रम रहेको छ।

प्रकाशित कार्यतालिकाअनुसार बिहान ७ बजे खाजाको समय रहेको छ। बिहान ८ः३० बजे पार्टी सभापति रवि लामिछानेले दोस्रो सत्र प्रारम्भ गर्नेछन्। सत्र सुरु भएलगत्तै ८ः३० देखि ८ः५० सम्म अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमाथि छलफल हुने कार्यक्रम छ। बिहान ९ बजेदेखि ९ः३० सम्म पार्टीका कोषाध्यक्ष लिमा अधिकारीले वित्तीय प्रतिवेदन प्रस्तुत गर्ने र छलफल गर्ने तालिका रहेको छ।

यसैगरी, बिहान १० बजेबाट १०ः४५ सम्म पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमा छलफल हुनेछ।

त्यसपछि १०ः४५ देखि ११ः४५ सम्म पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्यले केन्द्रीय समितिबाट पारित ‘विधान संशोधन प्रस्ताव’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

विधान संशोधन प्रस्ताव अनुमोदन भएपछि बिहान ११ः४५ देखि दिउँसो १२ः१५सम्म पार्टीका सभापतिले राजनीतिक प्रतिवेदन पेश तथा छलफल गर्ने कार्यतालिका रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *