प्रधानमन्त्री बालेन शाहद्वारा सौराहास्थित हात्ती प्रजनन केन्द्रको निरीक्षण
चितवन । प्रधानमन्त्री बालेन्द्र शाहले सौराहामा रहेको प्रसिद्ध हात्ती प्रजनन तथा तालिम केन्द्र (खोरसोर) को आज विशेष निरीक्षण गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवन आइपुगेका प्रधानमन्त्री शाह आफ्नो सपरिवारसहित केन्द्रको अवलोकनमा पुगेका हुन्।
हात्ती प्रजनन केन्द्रका प्रमुख मणिपुरण चौधरीका अनुसार प्रधानमन्त्री शाहले केन्द्रको अवस्था, त्यहाँ रहेका हात्तीहरूको संरक्षण र व्यवस्थापनबारे चासो राख्दै निरीक्षण गरेका थिए।
जैविक विविधता र वन्यजन्तु संरक्षणका हिसाबले महत्त्वपूर्ण मानिएको खोरसोरस्थित यस तालिम केन्द्रमा हाल नौ वटा माउ र सात वटा हात्तीका छावाहरू रहेका छन्। राजनीतिक व्यस्तताका बीच प्रधानमन्त्रीले परिवारसहित चितवनको प्रमुख पर्यटकीय आकर्षण र संरक्षण क्षेत्रको भ्रमण गरेका हुन्।







डिसी नेपाल







Facebook Comment