काठमाडौंबाट अवैध रूपमा बसोबास गरिरहेका २४ बंगलादेशी नागरिक पक्राउ
काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट अवैध रूपमा बसोबास गरिरहेका २४ जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, सितापाइला र डल्लु क्षेत्रमा विशेष निगरानीका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेका व्यक्तिहरूसँग वैध राहदानी (पासपोर्ट) नभएको र उनीहरूको पर्यटक भिसाको म्यादसमेत समाप्त भइसकेको पाइएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका बंगलादेशी नागरिकहरूले काठमाडौंका विभिन्न कपडा कारखानामा काम गर्दै आएको खुलेको छ। कानूनविपरीत नेपालमा बसोबास गर्दै आएका उनीहरूलाई थप कारबाहीका लागि प्रहरीले अध्यागमन विभागको जिम्मा लगाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment