प्रारम्भिक बाल विकासमा लगानी गर्न मुख्यमन्त्री कार्कीको जोड

डिसी नेपाल
११ असार २०८३ १५:२६

विराटनगर। कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रारम्भिक बाल विकासमा गरिएको लगानीले समग्र समाजको भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने बताएका छन्।

कोसी प्रदेश संरचनामा प्रारम्भिक बाल विकासका लागि संवैधानिक अधिकार तथा दायित्व विषयक परामर्श कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले घरका साना बालबालिकाले राम्रो शिक्षा–दीक्षा प्राप्त गर्न सके परिवारमा खुसीयाली र सकारात्मक वातावरण सिर्जना हुने बताए।

उनले बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक विकासका लागि प्रारम्भिक बाल विकासलाई प्राथमिकतामा राख्न आवश्यक रहेको उल्लेख गरे। बालबालिकामा गरिएको लगानीले दीर्घकालीन रूपमा समाज र राष्ट्रलाई नै लाभ पुग्ने उनको भनाइ थियो।

मुख्यमन्त्री कार्कीले बाल अधिकार सुनिश्चित गर्न संघ, प्रदेश र स्थानीय तहबिच प्रभावकारी समन्वय आवश्यक रहेको बताउँदै प्रारम्भिक बाल विकासका कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

प्रारम्भिक बाल विकासका लागि संघीय सांसदहरूको सहकार्य समन्वय समूहको आयोजनामा भएको कार्यक्रममा बालबालिकाको अधिकार, प्रारम्भिक शिक्षाको अवस्था तथा संवैधानिक दायित्व कार्यान्वयनका विषयमा छलफल गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *