पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउने बताउनुभएको छ। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धमा सुझाव सङ्कलनका लागि पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलालाई आज भर्चुअल सम्बोधन गर्दै उनले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाएर विश्वास दिलाएका छन्।
नेपाल कम्युनिष्ट पार्टीले २०७४ को निर्वाचनमा राम्रो मत हासिल गरी सरकार सञ्चालन गरेको र त्यस कार्यकालमा देशको आर्थिक विकास, राष्ट्रियता, गरिबी निवारण, शान्ति सुव्यवस्था र सुशासनका दृष्टिले ऐतिहासिक काम गरेको अध्यक्ष ओलीको दाबी थियो। उनले एउटा निर्वाचनमा हार्दैमा सुदृढ सङ्गठन र व्यापक जनाधार रहेको एमालेका नेताकार्यकर्ताले निराश हुन नहुने बताए।
पार्टीले सातवटै प्रदैशमा पार्टी पुनर्गठन सम्बन्धमा सुझाव सङ्कलनका अभियान सञ्चालन गरिरहेको छ।






डिसी नेपाल





Facebook Comment