प्रतिनिधिसभा बैठक पुनः स्थगित, भोलि शनिबार बस्ने

डिसी नेपाल
१२ असार २०८३ १०:२२

काठमाडाैं। आज दिउँसो १:०० बजेका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश स्थगित भई भोलि असार १३ गते शनिबारका लागि सरेको छ।

संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयद्वारा जारी सूचनाअनुसार, सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम ३ बमोजिम आजको बैठक स्थगित गरी भोलिका लागि तय गरेका हुन्।

यसअघि असार ११ गतेका लागि तय भएको बैठक पनि पहिलो सूचनामार्फत स्थगित गरेर आजका लागि सारिएको थियो। यसरी पटक-पटक बैठक सर्नुको पछाडि चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन लम्बिनु मुख्य कारण रहेको अनुमान गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *