लगातार तेस्रोपटक प्रतिनिधिसभा बैठक स्थगित, अब आइतबार बस्ने

डिसी नेपाल
१२ असार २०८३ १६:४१

काठमाडौं । प्रतिनिधिसभाको बैठक पुनः स्थगित भएको छ। आजका लागि निर्धारित बैठक विशेष कारण देखाउँदै संसद् सचिवालयले सूचना टाँस गरेर स्थगित गरेको हो।

यसअघि भोलि (शनिबार) बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो। योसँगै प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ। संसद् सचिवालयले प्राविधिक वा प्रक्रियागत ‘विशेष कारण’ जनाउँदै बैठक बस्न नसकेको जानकारी दिएको छ।

स्थगित भएको उक्त बैठक अब आइतबार बस्ने तय भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *