मतदाता र जनताले सांसदका हरेक शैली नियालिरहेका छन्, आफ्नो कामप्रति थप जिम्मेवार बनौं: सभामुख अर्याल
sf7df8f}F, !% c;f/ . ;efd'v 8f]nk|;fb cof{n
k|ltlglw;efsf ;b:ox?sf nflu ;+;bLo k|lqmof / cEof;Ú;DaGwL l;+xb/af/l:yt gofF ;+;b ejgdf cfof]lht b'O{lbg] cled'vLs/0f sfo{qmddf dGtJo JoQm ug'{x'Fb} . tl:a/ M /Tg >]i7, /f;; . tl:a/ M /Tg >]i7, /f;; .
काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले सांसदहरूको काम, व्यवहार र शैलीलाई मतदाता तथा आम जनताले विभिन्न माध्यमबाट नजिकबाट नियालिरहेको उल्लेख गर्दै सबै जनप्रतिनिधि आफ्नो भूमिकाप्रति थप जिम्मेवार बन्नुपर्ने बताएका छन्।
संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सदस्यहरूका लागि सोमबार सिंहदरबारस्थित संसद् भवन परिसरमा आयोजना गरेको दुईदिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभामुख अर्यालले सो कुरा बताएका हुन्।
उनले कानुन निर्माण प्रक्रियामा जनप्रतिनिधिहरूले विगतका राम्रा र सफल अभ्यासहरूबाट सिक्न आवश्यक रहेको भन्दै सांसदहरूलाई थप अध्ययनशील र प्रविधिमैत्री हुन सुझाव दिए।
सभामुख अर्यालले हालको प्रतिनिधिसभामा धेरै नयाँ अनुहारहरू उपस्थित रहेको सन्दर्भ जोड्दै संसदीय विधि, नियम र प्रक्रियालाई थप स्पष्ट रूपमा बुझाउन तथा सांसदहरूको कामकारबाहीलाई अझ बढी प्रभावकारी बनाउन यो कार्यक्रम आयोजना गरिएको स्पष्ट पारे।
संसदीय प्रक्रिया र कानुन निर्माणका विधिमा अब्बल बन्नका लागि यो सिकाइ निकै उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्दै उनले जनताबाट निर्वाचित भइसकेपछि सांसदहरूको जीवन निजीबाट सार्वजनिक जीवनमा प्रवेश गर्ने भएकाले सोही गरिमा र जिम्मेवारी अनुसार प्रस्तुत हुन सबैलाई आग्रह गरे।
उद्घाटन कार्यक्रममा संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सहभागीहरूलाई स्वागत गर्दै सांसदहरूलाई संसदीय प्रणाली, प्रक्रिया र विभिन्न अभ्यासका बारेमा विस्तृत जानकारी दिने मुख्य उद्देश्यले सचिवालयले यस दुईदिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको बताए।
सचिवालयले प्रतिनिधिसभाका सदस्यहरूको कार्यक्षमता विकास र सघाउका लागि सोमबार र मङ्गलवार दुई दिनसम्म यो विशेष अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।






डिसी नेपाल





Facebook Comment