नेप्से परिसूचक आठ अंकले घट्यो
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक आठ दशमलव ३० अङ्कले ओरालो लागेर दुई हजार ६५३ दशमलव ४० अंकमा सीमित भएको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६५ अङ्कले ओरालो लागेर ४५९ दशमलव ८१ मा कायम भएको छ। कूल ३४५ कम्पनीको ८५ लाख ८४ हजार ४०१ कित्ता शेयर रु चार अर्ब ४१ करोड १२ लाख ३४ हजार ५३७ मूल्यमा खरिद बिक्री भएको छ। नेप्सेका अनुसार कारोबारका आधारमा कृषि विकास बैंकको एग्रिकल्चर बण्ड, केबिएल डिवेञ्चर, एनआरएन इन्फास्ट्रक्चर, वेष्ट फाइनान्स, सेन्ट्रल फाइनान्स शीर्ष स्थानमा छ।
सानिगाड हाइड्रो, स्नो रिभर लिमिटेड, कालङ्गा हाइड्रो, नेपाल फाइनान्स र खानीखोला हाइड्रोका लगानीकर्ताले कमाएका छन्। अप्पर लोहोरे खोला हाइड्रोपावर, धौलागिरी लघुवित्त, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, सामुदायिक लघुवित्त र यनिभर्सल पावरका लगानीकर्ताले भने गुमाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment