जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने

डिसी नेपाल
१९ असार २०८३ २०:२८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भएको बताएका छन्।

पार्टीका सांसदलाई लक्षित गरेर आयोजना गरिएको डिजिटल प्लेटफर्म (पल्स आरएसपी) र साइबर सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीसँग उनले नागरिकका सुझावलाई ग्रहण गरेर अझ परिपक्व ढङ्गले सरकार अघि बढ्ने विश्वास व्यक्त गरे।

“सरकारले १०० दिनमा नागरिकसँग सम्बन्धित र सुशासनका विषयमा बढी जोड लगाएर काम गरेको छ । विकास निर्माण र दूरगामी महत्त्वका विषयमा आज गरिएको कामको प्रभाव केहीसमय पछि देखिँदै आउँछ”, सभापति लामिछानेले भने।

सरकारले सुशासन र सेवा प्रवाहलाई उच्च प्राथमिकता दिएको जनाउँदै उनले भने, “सहजै सरकारी सेवा प्राप्त गर्न सक्ने अवस्थाको सुरुआत भएको छ। सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *