नेपालमा हुन्डाईको नयाँ एआई कार: ‘क्रेटा फ्यासिनेसन’ सार्वजनिक

डिसी नेपाल
२१ असार २०८३ १०:४६

काठमाडाैं। नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरनेशनल प्रालिले बजारमा आफ्नो नयाँ पहिचानसहितको एआई कार ‘क्रेटा फ्यासिनेसन’ सार्वजनिक गरेको छ।

उत्कृष्ट डिजाइन र अत्याधुनिक प्रविधिले सुसज्जित यस गाडीले नेपाली अटोमोबाइल बजारमा नयाँ तरंग पैदा गर्ने कम्पनीको विश्वास छ। य

स नयाँ मोडेलमा चालक तथा यात्रुको सुविधा र सुरक्षालाई मध्यनजर गर्दै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का अत्याधुनिक विशेषताहरू समावेश गरिएका छन्।

नयाँ गाडी सार्वजनिक भएको अवसरलाई थप उत्साहजनक बनाउन कम्पनीले ‘महाअफर बजार’ नामक विशेष डिजिटल अभियानको समेत घोषणा गरेको छ। यस योजना अन्तर्गत हुन्डाई क्रेटा फ्यासिनेसन खरिद गर्ने ग्राहकहरूमध्येबाट एक मेगा गिभअवेमार्फत भाग्यशाली विजेताहरू चयन गरिनेछ।

अभियानको अन्त्यमा तीन जना भाग्यशाली ग्राहकहरूले विशेष पुरस्कार स्वरूप नथिङ फोन फोर ए, मोटोरोला मोटो जी ९६ फाइभजी र एआई प्लस प्लस टु जस्ता आकर्षक स्मार्टफोनहरू जित्ने सुनौलो अवसर प्राप्त गर्नेछन्।

नयाँ प्रविधिसहितको गाडी र स्मार्टफोन जित्ने यो अफरले ग्राहकहरूलाई उत्कृष्ट खरिद अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *