नदी उत्खननले सोनाहा जातिको सुन खोज्ने पेसा सङ्कटमा
भजनी(कैलाली),२५ वैशाखः कैलाली र बर्दिया जिल्ला हुँदै बग्ने कर्णाली नदीमा सुन खोज्न नदीको बालुवा चाल्दै सोनाहा जातीका महिला । तस्बिरः झलनाथ खनाल/रासस
भजनी (कैलाली)। नदी उत्खनन्का कारण बर्दिया राजापुर सोनाहा जातिको सुन खोज्ने पेसा सङ्कटमा परेको छ। प्रेमनगरकी आशा सोनाहाको कर्णाली नदी उत्खननले पेसा सङ्कटमा परेको हो। त्यसो त, उक्त बस्तीका अन्य सोनाहाको दैनिकी पनि सुन खोज्ने र माछा मारेर नै बित्ने गर्छ। उक्त जातिको आर्थिक स्रोत नै कर्णाली नदीमा भेटिएको सुन अनि माछा हो।
“हाम्रो पेसा नदी किनारमा सुन खोज्ने, माछा मार्ने हो। वस्ती पनि नदी किनारमै हुन्छन्। पुर्खाले सुन खोजेर माछा मारेर जीवनयापन गर्नुभयो। हामीले पनि यही काम गरेका छौँ”, आशाले भनिन्, “नदीको उत्खननले पेसा सङ्कटमा पर्न थालेपछि आजभोलि ज्यालादारी काम गर्न, बाध्य छौँ।”
“पूर्खाले गरेको काम नदी उत्खनन्का कारण लोप हुने त होइन भन्ने चिन्ता छ”, उनले भनिन्। कर्णाली नदीमा समूहमा सुन खोज्न व्यस्त सुनिता सोनाहाले ज्यालादारी गरेरभन्दा सुन खोजेर बढी आम्दानी हुने गरेको बताइन्।
प्रेमनगरमा १० परिवार यही पेसामा आबद्ध छन्। सोनाहा सानो तथा सीमान्तकृत आदिवासी समुदायमध्ये एक मानिन्छ। कैलाली, कञ्चनपुर र बर्दिया जिल्लामा बसोबास रहेको यो सोनाहा जाति लोपोन्मुख जातिभित्र पर्छ।
सङ्गीता सोनाहाले जताततै नदी उत्खनन बढेपछि युवा पुस्ता पुरानो पेसा छोड्न बाध्य भएको बताउँछिन्। पहिले पहिले एउटै समूहले दिनका २० लालसम्म सुन भेटाएको सङ्गीताले बताइन्। नदी उत्खनन्ले अहिले सुन भेटाउन मुस्किल रहेको उनले जानकारी दिइन्।






डिसी नेपाल





Facebook Comment