२६ सयमा ग्यास बेच्नेलाई ३ लाख जरिवाना

डिसी नेपाल
२६ भदौ २०८३ १३:१८

काठमाडौं । सरकारले तोकेको आधिकारिक दररेटभन्दा बढी मूल्य असुल गरी खाना पकाउने ग्यास (एलपी ग्यास) बिक्री गर्ने एक किराना पसललाई ३ लाख रुपैयाँ जरिबाना गराइएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कागेश्वरी मनोहरा नगरपालिका–६, चखडोलस्थित ‘अनिल किराना पसल’ ले सर्वसाधारण उपभोक्तामाथि ठगी गरेको फेला परेकाले बिहीबार तत्काल कारबाही प्रक्रिया अघि बढाएको हो।

विभागका सूचना अधिकारी अनिल किरातीका अनुसार उक्त पसलले सरकारद्वारा निर्धारित प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ मूल्यविपरीत सुगम ग्यास प्रतिसिलिन्डर २ हजार ६ सय रुपैयाँमा बिक्री गरिरहेको अवस्थामा भेटिएको थियो।

यसरी बढी मूल्य लिई उपभोक्ता ठगी गरेको प्रत्यक्ष प्रमाण प्राप्त भएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ को व्यवस्थाबमोजिम उक्त पसललाई तत्कालै ३ लाख रुपैयाँ जरिबाना गराइएको जानकारी विभागले दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *