आपसी झगडा हुँदा दुर्गादत्तको मृत्यु, टोपबहादुर पक्राउ
गुल्मी । कालीगण्डकी गाउँपालिका–६ तल्लो केरुङका ६४ वर्षीय दुर्गादत्त ढकाल र छिमेकी ४५ वर्षीय टोपबहादुर सार्कीबीच झगडा हुँदा शनिबार साँझ दुर्गादत्तको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मीन घलेलेका अनुसार झगडा हुँदा दुर्गादत्त घाइते भएकाले उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हो।
टोपबहादुरलाई राति १ बजे रुरु गाउँपालिकाको रिडीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । ढकाल र सार्कीबीच यसभन्दा पहिले पनि आपसी मनमुटाव हुँदै आएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment