एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं । विशेष अदालत काठमाडौंले सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका लागि नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वमन्त्री विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।
बुधबार न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले पौडेललाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन म्याद थपको अनुमति दिएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा पक्राउ परेका पौडेललाई यसअघि पनि अदालतले तीन पटकसम्म म्याद थप गरिसकेको छ।
अनुसन्धानका क्रममा व्यवसायी दीपक भट्टसँग पौडेलको शङ्कास्पद आर्थिक कारोबार देखिएको भन्दै विभागले उनलाई सुर्खेतबाट पक्राउ गरेको थियो।
राजनीतिक र व्यावसायिक वृत्तमा चर्चामा रहेको यस मुद्दामा अनुसन्धान जारी रहेकाले अदालतले पुनः म्याद थप गरेको हो।






डिसी नेपाल





Facebook Comment