सुनचाँदीको मूल्यमा वृद्धि, सुन प्रतितोला दुई लाख ८७ हजार ४०० कायम
काठमाडौं। स्थानीय बजारमा आज शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोलामा दुई हजार ७०० ले बढेको छ भने चाँदीको मूल्य पनि तोलामा १७० ले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८७ हजार ४०० निर्धारण गरिएको छ। त्यसैगरी, सेतो धातु चाँदीको मूल्य पनि बढेर प्रतितोला चार हजार ५१० कायम भएको छ।
यसअघि हिजो बिहीबार बजारमा छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ७०० र चाँदी प्रतितोला चार हजार ३४० मा कारोबार भएको थियो।
चालू साताको उतारचढाव हेर्दा गत बुधबार छापावाल सुन प्रतितोला दुई लाख ८७ हजार १०० र चाँदी चार हजार ५०० मा खरिदबिक्री भएको थियो, जसमा बिहीबार केही गिरावट आए पनि आज फेरि उच्च वृद्धि देखिएको हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार विश्व बजारमा आएको उतारचढावकै कारण स्थानीय बजार प्रभावित भएको हो, जहाँ आज प्रतिऔँस सुन चार हजार १२० अमेरिकी डलर तथा प्रतिऔँस चाँदी ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।






डिसी नेपाल





Facebook Comment