भेरी करिडोरः अस्थायी संरचनामार्फ सवारी सञ्चालन

डिसी नेपाल
२६ असार २०८३ २०:२२

काँक्रेविहार (सुर्खेत)। भेरी करिडोरअन्तरर्गत जाजरकोट–डोल्पा सडकखण्डको रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ मा दुई वटा अस्थायी संरचना निर्माण गरेर सवारीसाधन सञ्चालन गरिएको छ।

पुल निर्माणको ठेक्का हालै भएकाले वर्षायाम सुरु भएसँगै खोलामा पानीको बहाव बढेपछि रिजीगार र उसुम खोलामा अस्थायी संरचना निर्माण गरेर यातायातका साधन सञ्चालन गरिएको करिडोरका आयोजना प्रमुख नरेशकुमार केसरीले जानकारी दिनुभयो। रमण निर्माण सेवाले करिडोर आयोजनासँग गत जेठ ७ गते सम्झौता गरेर काम सम्पन्न गरेको थियो।

खोलामा हुम पाइपदेखि अन्य काम गरिएको कार्यालय प्रमुख केसरीले जानकारी दिए। हाल यहाँ पुल नहुँदा सिधा डोल्पा जान र आउन समस्या हुने गरेको थियो। पुल निर्माणका लागि ठेक्का लगाइएको भन्दै उनले केही दिनमा सम्झौता हुने जानकारी दिए। रिजीगार र उसुम खोलाका साथै अन्य ११ ठाउँमा पुल निर्माणका लागि ठेक्का भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *