गजल गायक राज सिग्देल कतारमा, आगामी १७ तारिखमा एकल गजल गायन साँझ हुने
दोहा, कतार । नेपाली गजल गायनका चर्चित गायक राज सिग्देल कतार आइपुगेका छन्। उनको कतार आगमनको अवसरमा त्यहाँ क्रियाशील साहित्यप्रेमीहरूले मुम्तजा पार्कमा एक परिचयात्मक चियापान कार्यक्रमको आयोजना गरी उनको भव्य स्वागत गरेका छन्।
गायक सिग्देलको विशेष उपस्थितिमा आगामी १७ तारिख कतारको प्लाजा मलस्थित वेलफेयर रेस्टुरेन्टको सभाहलमा एक बृहत् साहित्यिक तथा साङ्गीतिक समारोह हुने भएको छ।
उक्त अवसरमा नवोदित साहित्यिक वाचनालय, कतारको १८औँ अधिवेशन, गायक सिग्देलको एकल गजल गायन साँझ तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतारको १७१औँ डबली संयुक्त रूपमा आयोजना गरिने भएको हो।
आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको पावन अवसर पारेर आयोजना गर्न लागिएको यस संयुक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक संस्था नवोदित साहित्यिक वाचनालय, कतारका अध्यक्ष शोभाराम ओलीले जानकारी दिएका छन्।
उनका अनुसार गायक सिग्देलको एकल गजल गायन कार्यक्रम सशुल्क हुनेछ। आगामी १७ तारिख साँझ ६ बजेदेखि सुरु हुने यस कार्यक्रममा कतारमा रहेका नेपाली साहित्य, सङ्गीत तथा गजलप्रेमीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा आयोजक पक्षले गरेको छ।






डिसी नेपाल





Facebook Comment