११ महिनामै भित्रियो सवा २१ खर्ब रेमिट्यान्स, जेठ महिनामा मात्रै २ खर्ब ३ अर्ब भन्दा बढी भित्रियो

डिसी नेपाल
३० असार २०८३ ११:३३

काठमाडौं। चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा नेपालमा रेमिट्यान्स (विप्रेषण) आप्रवाहमा उल्लेख्य वृद्धि भई २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ बराबरको विप्रेषण भित्रिएको छ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी ११ महिनाको समीक्षा प्रतिवेदन अनुसार विप्रेषण आप्रवाहमा अघिल्लो वर्षको तुलनामा ३८.२ प्रतिशतको उच्च वृद्धि देखिएको हो।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स भित्रिने क्रमले नयाँ रेकर्ड कायम गरेको केन्द्रीय बैंकको तथ्यांकले देखाउँछ।

राष्ट्र बैंकको प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको जेठ महिनामा मात्रै २ खर्ब ३ अर्ब ८९ करोड रुपैयाँ रेमिट्यान्सबापत नेपाल भित्रिएको छ।

यो परिमाण गत आर्थिक वर्षको जेठ महिनाको तुलनामा निकै बढी हो, जतिबेला एक महिनामा १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ मात्र रेमिट्यान्स भित्रिएको थियो।

समीक्षा अवधिमा अमेरिकी डलरमा हुने विप्रेषण आप्रवाहमा समेत २९.६ प्रतिशतले सुधार आई १४ अर्ब ५९ करोड अमेरिकी डलर पुगेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा डलरमा यस्तो आप्रवाह वृद्धिदर १२.८ प्रतिशतमा सीमित रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *