संसद् छलेको आरोप खेपिरहेका प्रधानमन्त्री बालेन अचानक प्रतिनिधिसभामा

डिसी नेपाल
३० असार २०८३ १३:५९

काठमाडौं। लामो समयसम्म संसद् बैठकमा अनुपस्थित भएको भन्दै संसद्‌भित्र र बाहिर तीव्र आलोचना खेपिरहेका प्रधानमन्त्री बालेन साह मंगलबार प्रतिनिधिसभाको बैठकमा सहभागी भएका छन्।

संसद् र जनताप्रति सरकार प्रमुख जवाफदेही नभएको र जनसरोकारका मुद्दामा प्रधानमन्त्रीले संसद्लाई छलेको भन्दै प्रतिपक्षी दलका सांसदहरूले लगातार उनको उपस्थितिमाथि प्रश्न उठाउँदै आएका थिए।

मंगलबारको प्रतिनिधिसभा बैठकको दैनिक कार्यसूचीमा प्रधानमन्त्री साह सहभागी हुने वा सम्बोधन गर्ने कुनै पूर्वनिर्धारित कार्यक्रम तय नगरिएको भए पनि उनी अचानक संसद् छिरेका हुन्।

आफ्नो निरन्तरको अनुपस्थितिलाई लिएर सत्तापक्ष र प्रतिपक्षी बेन्चबाट समेत चौतर्फी आलोचना र असन्तुष्टि चुलिएपछि प्रधानमन्त्री साह आकस्मिक रूपमा संसद् भवन नयाँ बानेश्वर पुगेर बैठकमा सहभागी भएको हुन्।

प्रधानमन्त्रीको यो अप्रत्याशित उपस्थितिलाई संसद्‌मा उपस्थित सांसदहरूले निकै चासो र अर्थपूर्ण रूपमा हेरेका छन्। प्रधानमन्त्री साहको साथमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि प्रतिनिधिसभा बैठकमा सहभागी भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *