दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयो
काठमाडौं। प्रतिनिधि सभाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ र ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ।
मंगलवारको प्रतिनिधि सभा बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रश्ताव प्रश्तुत गरेकी थिइन्।
मन्त्री गौतमले शुरुमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि समितिमा पठाउन प्रश्ताव गरेकी थिइन्।
सभामुखले उक्त प्रश्तावलाई निर्णयार्थ प्रश्तुत गर्दा सदनले सर्वसम्मतिले स्वीकृत गरेको हो। त्यसैगरी, प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट मन्त्री गौतमले नै ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने अर्को प्रश्ताव प्रश्तुत गरेकी थिइन्। उक्त प्रश्ताव पनि बैठकले सर्वसम्मतिले पारित गरेको छ।






डिसी नेपाल





Facebook Comment