प्रधानमन्त्री बालेन शाह र महिला उद्यमी महासंघका पदाधिकारीबीच आज विशेष छलफल

डिसी नेपाल
३२ असार २०८३ ११:५५

काठमाडौं। प्रधानमन्त्री बालेन शाहले आज महिला उद्यमी महासंघका पदाधिकारीहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा एक विशेष छलफल गर्दै छन्।

अबको केही बेरमा सुरु हुने उक्त बैठकमा प्रधानमन्त्री शाह र महासंघका प्रतिनिधिहरूबीच मुलुकमा महिला उद्यमशीलता प्रवर्द्धन गर्ने, नीतिगत सुधारका प्रयासहरू अगाडि बढाउने तथा समग्र उद्योग र व्यवसाय क्षेत्रमा महिलाहरूको सहभागिता कसरी वृद्धि गर्न सकिन्छ भन्ने विषयमा सघन संवाद हुनेछ।

उक्त महत्त्वपूर्ण छलफलमा महिला उद्यमी महासंघका तर्फबाट अध्यक्ष दर्शना श्रेष्ठको नेतृत्वमा एक प्रतिनिधिमण्डल सहभागी हुँदैछ। टोलीमा महासंघकी तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा र कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी हुनेछन्।

बैठकमा महासंघले महिला उद्यमीहरूले भोग्नुपरेका वर्तमान चुनौती र सरकारबाट अपेक्षा गरिएका नीतिगत सहजताबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने बुझिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *