निजामती अस्पतालको कार्यकारी निर्देशकमा प्राडा जितेन्द्र परियार नियुक्त
काठमाडौं । सरकारले निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियारलाई नियुक्त गरेको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सूचना जारी गर्दै सिफारिस समितिले योग्यताक्रमको पहिलो नम्बरमा सिफारिस गरेका परियारलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय भएको जानकारी दिएको छ।
अस्पताल विकास समितिको साउन ४ गतेको निर्णय र सिफारिस समितिको मूल्यांकनका आधारमा प्राडा परियारलाई उक्त जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ। रिक्त पदपूर्तिका लागि मन्त्रालयले यसअघि गत असार ५ गते आवेदन माग गरेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment