साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम

डिसी नेपाल
५ साउन २०८३ १३:४३

काठमाडौं।जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न जिल्लाबाट बग्ने साना नदीमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को मध्यम जोखिम रहने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

झापा, उदयपुर, मकवानपुर, गोरखा, लमजुङ, जाजरकोट, दैलेख, कालिकोट, डोटी, डडेलधुरा र बैतडी तथा आसपासका जिल्लाबाट बग्ने साना नदीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना छ।

बाढीविद् विनोद पराजुलीले निरन्तर वर्षाका कारण उक्त जिल्लाका नदी तथा खोलामा आकस्मिक रूपमा जलसतह बढ्न सक्ने भएकाले नदी किनार, तल्लो तटीय क्षेत्र तथा डुबान हुने स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *