कारागारबाट भागेका सहकारी ठगीका कैदी हेटौँडाबाट पक्राउ
काठमाडौं । जेनजी आन्दोलनका क्रममा डिल्लीबजार कारागारबाट फरार भएका सहकारी ठगी मुद्दाका एक कैदी मकवानपुरबाट पक्राउ परेका छन्।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–५ का सिबी लामा भनिने चन्द्रबहादुर तामाङ गत वर्षको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला डिल्लीबजार कारागारबाट फरार भएका थिए। उनलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ बाट प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका तामाङलाई आवश्यक कानुनी कारबाहीका लागि भीमफेदीस्थित कारागार कार्यालय, मकवानपुर पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment