पार्टी एकताका लागि अकपट बन्न गगनलाई कृष्ण सिटौलाको आग्रह

डिसी नेपाल
६ साउन २०८३ १७:०१

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी सभापति गगन थापालाई कुनै पनि कुटिलता नराखी खुला हृदयले पार्टी एकताको पक्षमा उभिन आग्रह गरेका छन्।

४४औँ बीपी स्मृति दिवसका अवसरमा प्रज्ञा भवनमा आयोजित इतर पक्षको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वले विशेष आँट गर्नुपर्ने बताए।

सिटौलाले गगनलाई लक्षित गर्दै भने, ‘अझै पनि भन्न चाहन्छौं, तपाईँ गगन थापा साहसी बन्नुस्, अकपट बन्नुस्। असंकोच भएर, खुला छाती राखेर मैले जोडेँ कांग्रेस भन्ने आँट गर्नुस्। तपाईँलाई जसले रोक्छ त्यसलाई धकेल्नुस्, तपाईँतिर आउन नदिनुस्। यति आँट छैन तपाईंमा?’

आफूहरूले कुनै पनि किसिमको छलछाम वा षड्यन्त्र नगरेको स्पष्ट पार्दै उनले यो महिनाको अन्त्यसम्म राष्ट्रिय भेला आयोजना गरी नयाँ कार्यदिशा तय गरिने जानकारी दिए। सबै राजनीतिक कदम र विचारहरू कुनै लुकाछिपा बिना स्पष्ट रूपमा अघि बढाइएको उनको भनाइ थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *