नेपाली कांग्रेसको संस्थापन इतरपक्षद्वारा साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेलाको घोषणा

डिसी नेपाल
६ साउन २०८३ १८:३९

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतरपक्षले आगामी साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने घोषणा गरेको छ।

कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले उक्त राष्ट्रिय भेलाको मिति र स्थान सार्वजनिक गरेका हुन्।

सोही कार्यक्रममा नेताहरू पूर्णबहादुर खड्का, विमलेन्द्र निधी, कृष्णप्रसाद सिटौला, डा. शशाङ्क कोइराला र डा. शेखर कोइराला लगायतका नेताहरूले वर्तमान राजनीतिक तथा देशको अवस्था अत्यन्त जटिल रहेको औँल्याएका छन्। उनीहरूले यस्तो सङ्कटपूर्ण परिस्थितिमा पार्टीभित्र कुनै पनि किसिमको मतभेद नराखी एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *