बागलुङमा सुत्केरीको हेलिकप्टरमार्फत काठमाडौं लैजाँदै गर्दा मृत्यु
बागलुङ । बागलुङको निसीखोला गाउँपालिका-३ की ३९ वर्षीया सुत्केरी मीना सुनारको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ।
बोहरागाउँ स्वास्थ्य चौकीमा शिशु जन्माएपछि स्वास्थ्यमा जटिलता देखिएकी सुनारलाई अत्यधिक पेट दुख्ने समस्या भएपछि बुर्तिबाङ अस्पताल लगिएको थियो।
त्यहाँ उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं रिफर गरिएकोमा पोखरा पुग्ने क्रममा उनको निधन भएको हो। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment