बुटवलबाट रिभल्वर र गोलीसहित एक युवक पक्राउ
बुटवल । प्रहरीले बुटवलबाट अवैध हतियारसहित एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार विशेष सूचनाका आधारमा बुटवल उपमहानगरपालिका–९ स्थित नयाँ बसपार्क क्षेत्रबाट मकवानपुरको बकैया गाउँपालिका–९ का २६ वर्षीय रोशन तुङलिङ मगरलाई पक्राउ गरिएको हो।
शङ्कास्पद रूपमा हिँडडुल गरिरहेका उनको खानतलासी गर्दा प्रहरीले एक थान रिभल्वर र दुई राउन्ड गोली बरामद गरेको छ। पक्राउ परेका मगरलाई अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया






डिसी नेपाल





Facebook Comment