सर्लाहीमा मिटरब्याज पीडित सहनीमाथि आक्रमण
सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका-२ का मिटरब्याज पीडित इन्दल सहनीमाथि साहुमहाजनको समूहले मरणासन्न हुने गरी कुटपिट गरेको छ। आक्रमणबाट इन्दलसहित उनका परिवारका चारजना गम्भीर घाइते भएका छन्।
पीडित इन्दलले साहु लक्ष्मी कुर्मी राउतसँग ८ लाख रुपैयाँ ऋण लिएका थिए। ऋणको ग्यारेन्टीका रूपमा २६ कट्ठा जमिन मौखिक सहमतिमा राजीनामा पास गरी धितो राखिएको थियो। सावा र ब्याजसमेत गरी १०-११ लाख रुपैयाँ चुक्ता गरिसकेपछि वडा कार्यालयमा जग्गा फिर्ता गर्ने सहमति भए पनि साहुको निधनपश्चात उनका छोरा बिलास शाहले उक्त जग्गा अर्कैको नाममा बिक्री गरिदिएका थिए।
“मिटरब्याज विरुद्ध पैदल न्याय मार्च” आन्दोलन सकेर घर फर्किएपछि साहु पक्षले इन्दलको जग्गामा जबरजस्ती धान रोप्न खोजेका थिए। सोही विषयमा साहु विशाल शाहको नेतृत्वमा आएको समूहले आक्रमण गर्दा इन्दल सहनी, उनका छोराहरू उमेश सहनी, मुना सहनी र पत्नी भगवती कुमारी सहनी गम्भीर घाइते भएका छन्।
जग्गा हडप्ने उद्देश्यले भएको उक्त आक्रमणमा घाइते भएका पीडित परिवारको अहिले बरहथवामा उपचार भइरहेको छ।






डिसी नेपाल





Facebook Comment