No ads found for this position
No ads found for this position

कर्णालीमा नयाँ सरकार गठनको तयारी: अविश्वास प्रस्ताव पारित गराउन कांग्रेस र नेकपा सहमत

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
७ साउन २०८३ ११:१४
No ads found for this position

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको छ।

बिहीबार बिहान बसेको नेकपा कर्णाली प्रदेश संसदीय दलको बैठकले उक्त अविश्वासको प्रस्तावको पक्षमा उभिने सर्वसम्मत निर्णय गरेको दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले जानकारी दिए।

प्रमुख सचेतक जिसीका अनुसार नेपाली कांग्रेससँगको सहकार्यलाई निरन्तरता दिँदै असार ३२ गते प्रदेशसभा सचिवालयमा दर्ता गराइएको अविश्वासको प्रस्तावलाई पारित गराउने निर्णय भएको हो।

यसअघि बुधबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले पनि मुख्यमन्त्री कँडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने औपचारिक निर्णय गरिसकेको छ।

नेपाली कांग्रेस र नेकपाबीच भएको नयाँ सत्ता समीकरणको सहमतिअनुसार कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई नयाँ मुख्यमन्त्रीका रूपमा अघि सारिएको छ।

आलोपालो सरकार सञ्चालन गर्ने पूर्वसहमतिबाट मुख्यमन्त्री कँडेल पछि हटेको आरोप लगाउँदै कांग्रेस र नेकपाले सहकार्य गरी अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। नेकपाका ११ र कांग्रेसका ५ गरी १६ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित असार ३२ गते अविश्वासको प्रस्ताव पेस गरिएको थियो।

कर्णाली प्रदेशमा यसअघि नेपाली कांग्रेसको समर्थनमा नेकपा एमालेका यामलाल कँडेलले सरकारको नेतृत्व गर्दै आउनुभएको थियो।

तर, गत साता कांग्रेसकातर्फबाट सरकारमा सहभागी मन्त्रीहरू सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी, जलस्रोत तथा ऊर्जामन्त्री विजया बुढा र आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले सामूहिक राजीनामा दिएपछि कर्णालीमा नयाँ राजनीतिक समीकरणको बाटो खुलेको थियो।

४० सदस्यीय कर्णाली प्रदेशसभामा अविश्वासको प्रस्ताव पारित भएमा मुख्यमन्त्री कँडेल पदमुक्त हुनुहुनेछ। हाल प्रदेशसभामा कांग्रेसका १५, नेकपाका १४, एमालेका १० र राप्रपाका १ जना सांसद रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *